भाद्र ३० । कमेडी टेलिसिरियल “दुवा तिर्की” एन टिभी प्लसबाट आउने भएको छ् । धनेश्वर फिल्मको प्रस्तुतिमा अब चाडै नै कमेडी सिरियल आउने निर्देशक ज्वाला श्रेष्ठले बताउनु भयो ।

फरक नेपाली पारिवेशमा दुवा तिर्की आउने र पूर्ण मनोरञ्जनात्मक हुने उहाँले बताउनु भयो । दुवा तिर्कीमा ज्वाला श्रेष्ठ र मन्जु शाक्यको कथा रहेको छ् ।

कलाकारहरुमा :लक्ष्मन चौलागाईं ,ज्वाला श्रेष्ठ,मन्जु शाक्य,आयुश लामा राजेश पुरी, अलोन वाइबा दोजे लामा,,गायत्री अधिकारी,शैलेश गिरि,बिनोद बर्मा,अनिश आचार्य,सानु लामा,सजिका आचार्य,दिपा न्योपाने लगायतका कलाकारहरुको अभिनय रहने सल्लाहकार आयुश लामाले बताउनु भएको छ् ।

राजु श्रेष्ठको छायाङ्कन उक्त टिममा राजेश पुरी,आयुश लामा सल्लाहकार रहेका छन ।
सङ्गितकार अलोन वाइबाको सङ्गित र भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन गर्नु भएको छ् ।

तपाईको प्रतिक्रिया