काठमाडौं, असोज । बाजी, मृत्युञ्जय, आजका युवा, मन परेपछि आदि चलचित्र निर्माण प्रदर्शन गरिसकेका निर्माता तथा संगितकार दिपक रमणको संगित रहने चलचित्र ‘मधुमालती’को मंगलबार एक कार्यक्रम बीच ‘घुम्न जाउँ मुस्ताङ्गको बजार….’ बोलको गीत रेकर्डिङ आरम्भ गरिएको छ । गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।

छायाँकन अन्तिम चरणमा पुगेपछि गीत रेकडिङ्ग सुरु गरेको जानकारी निर्माणपक्षले दिएका छन् । ‘मधुमालती’ का निर्देशक जनक कार्की हुन् भने निर्माताहरुमा शंकर कार्की, हरिकृष्ण महर्जन र अमिर श्रेष्ठ रहेका छन् । पारिवारिक प्रेम कथावस्तुमा आधारित रहने यस चलचित्रमा राजेन्द्र गोपाली, रक्षा पाण्डे, तुलशा निरौला, मुकेश श्रेष्ठ, प्रशान्त रोक्का मगर, सुरज काफ्ले लय संग्रोला, उत्तम के.सी., आदि कलाकार रहेका छन् ।

तपाईको प्रतिक्रिया