राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा आउने क्रममा फेरी पनि शितल शिजन डिजिटल प्रालिले “कालो मन” बोलको भाकालाई भर्खरै बजारमा ल्याएको छ । बिशेष गरी गायन बिदाबाट ख्याती कमाएका सर्वप्रिय कलाकार मौसम गुरुङ द्वारा लय सिर्जना भएको यस गीतलाई बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीतहरुको माधुर्यता बाट अशंख्य श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गरिरहेका प्रतिभावान गोर्खाली युवा सर्जक ओम छिनालकोशब्द रहेको छ । मन्जु घर्ति मगरको नाममा बजारमा आएको यस गीतमा कपिल मगर र मन्जु घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

मान्छेको मन रुपमा थाहा नहुँदो रहेछ, तिम्रो सुन्दरतामा अल्झिएको मान्छे हुँ म, तर म सोझोलाई के थाहा यति राम्री मान्छेको मन यति धेरै कालो हुन्छ भन्ने भन्ने जस्तो पश्चातापको भाव रहेको यस गीतको म्युजिक भिडियोमा सारिका के.सी बिपेश घिमिरे, रमा र दिपक को अभिनय रहेको छ । भिडियोलाई निर्देशन काजीस श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक बिस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया