राजु बोहरा–काठमाडौँ । बिगतका धेरै बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका दोलाखाली युवा कलाकार केशर लामाको कर्णप्रिय स्वर लहरीमा “तिमि जुन आकाशको” बोलको गीतलाई भर्खरै शिरबन्दी डिजिटल प्रालिले सार्बजनिक गरेको छ । केशरलाई गायनमा गायिका कृष्णा परियारले पनि स्वरमा साथ दिएकी छिन् । लिला लामाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई लय केशर लामाले तयार पारेका हुन् भने शब्द लिला लामाको रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा हरिशरण रिजाल, र एन्जिला वाइबा तामांगको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया