राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा प्रकाश सपुतको छुटै उच्च पहिचान स्थापित भैसकेको छ । त्यसैले पनि उनि पछिल्लो समयमा धेरै गीतहरुको म्युजिक भिडियोमा देखिन थालेका छन् । सोहि क्रममा बाध्यता र बिबस्ता को कारण परदेशिनु परेको अशंख्य परदेशी यथार्थपरक एक गीतमा पनि प्रकाश फेरी देखिएका छन् ।

पानस डिजिटल प्रा.लि ले सार्बजनिक गरेको अजय बिस्वकर्माको “मरे बाकसमा” बोलको गितको म्युजिक भिडियोमा प्रकाश संग अमृता बिस्वकर्माको पनि शसक्त अभिनय देख्न सकिन्छ ।निशान बानियाको संगीत, अजय बिस्वकर्मको शब्द र सुमधुर स्वरमा सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन पनि संगीतकार स्वयम् निशान बानिया, छायांकन करन चैंसिर  र सम्पादन संगीत बानियाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया