राजु बोहरा–काठमाडौँ । बिजय दशैँ तथा दिपावालिको शुभकामना सहित पछिल्लो पटक दशैँ तिहार गीतहरु नेपाली सांगीतिक बजारमा पर्सस्त आइरहेका छन् । यसरी बजारमा आएका धेरै गीतहरु वियोगले भरिएका छन् भने थोरै संयोगले भरिएका छन् । त्यसैले दशैँ दुख मात्रै होइन खुसि साथ मनाउन सक्नु पर्छ भन्ने किसिमको भाव सहित निकै समयको बिदेश बसाइ पछी आफ्नो घर परिवारमा खुसि छर्न “यो दशैँमा म घर आउंदै छु” बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।

नुवाकोटे प्रताप रुम्बा र विकास नेपालीको प्रस्तुतिमा बजारमा आएको यस गीतमा जनक लामा, अर्चना स्यान्ग्तान, नुवाकोटे प्रताप रुम्बा र विकास नेपालीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय जनक लामाले भरेका हुन् भने शब्द राम घिमिरे कल्याणले तयार पारेका हुन् ।

उल्लास्मय भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राम घिमिरे कल्याण, सलिना पाण्डे प्रजु, रामचन्द्र घतानी र दिपक सगर तिवारीको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रकाश पोख्रेल र सम्पादन सुरेश श्रेष्ठले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया