संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी पारखीहरु माझ फरक-फरक गीतहरु आउने क्रममा यति बेला महेश नेपाल र पार्वती खड्काको लोक दोहोरी गीत “अमर नाता” बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । संगै मर्छु अनि संगै बाँच्छु भन्दै कसम खाएर लगाएको माया अनायासै छुटेपछी पागल जस्तै भएको छु भन्ने किसिम को भाव रहेको यस गीतमा महेश नेपाल र पार्वती खड्काको सुमधुर स्वर रहेको छ । यस वियोगान्त गीतलाई लय रमेश श्रेष्ठले भरेका हुन् भने शब्द निरु नेउपानेको रहेको छ ।

गीतको भाव जस्तै भिडियो पनि निकै घत लाग्दो बनेको छ । भिडियोमा धेरै म्युजिक भिडियोहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका मोडल सबिन गौतम,प्रमिला नेपाल, श्री शक्ति बराइली र सुनिल नापित्को अभिनय देख्न सकिन्छ । टेकेन्द्र कार्की द्वारा निर्देशित भिडियोलाई छायांकन प्रेम लामाले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् टेकेन्द्रले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया