राजु बोहरा–काठमाडौँ । घर आउने मन नभएको कहाँ हो र तर यस वर्ष पनि दशैमा घर आउन सकिन, छुटी पाइएन त मा के गरौँ ? एकातर्फको भाव यस्तो छ भने अर्को तर्फ हजुर नहुँदा हामि कसरी खुसि रहन सक्छौं र जसरी भए पनि आउनुस !! यो भाव हाम्रो समाजको पर्याबाची भाव हो । यस्तै भावलाई बुन्दै धेरै गीतहरु पनि बजारमा आएका छन् । यसै क्रममा पछिल्लो पटक प्रेम सागर परियारको दशैँ गीत “नसुनाउ दुख कसैलाई” बोलको गीत पनि बजारमा आएको छ ।

यस गीतमा हरेक सांगीतिक मनहरुको सांगीतिक ढुकढुकी बन्न सफल बालकुमार श्रेष्ठ र मिरा भुजेलको शुमधुर स्वर सुन्न सकिन्छ । प्रतिभा म्युजिक प्रालिका संचालक रमेश श्रेष्ठको मन छुने लय र प्रेम सागर परियारको घत लाग्दो शब्द सिर्जना बाट सजिएको यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सिर्जना श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया