राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित फेरी अर्को निकै मन छुने दशैँ बिशेष गीत सार्बजनिक भएको छ । उक्त गीत शंकर चन्द ठकुरी र प्रमिला पौडेलको नाममा “आयो फेरी दशैँ फर्केर” बोलको हो । आफ्नो आमाले र श्रीमतीले घर छोडेर नजाउ भनेको नमान्दा परदेशमा रोएर दिन कटाउन परेको यथार्थतालाई चित्र गरिएको यस गीतमा इन्द्र जी.सी र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ ।
इन्द्र जी.सी को लय र शंकर चन्द ठकुरी अनि प्रमिला पौडेलको शब्द सिर्जना बाट सकिएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र प्रेम को जिबन्त अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मदन खड्काले गरेका छन् “आयो फेरी दशैँ फर्केर” बोलको गीतलाई टि टाइम म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो । स्मरण रहोस यस गीतका सर्जक द्धोय शंकर र प्रमिला यति बेला प्रबासमा नै रहेर पसिना बगाइरहेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।