राजु बोहरा–काठमाडौँ । काँचो सुन्तला नामक लोको दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका कलाकार हेमन्त “कान्छा” रसाइली ले “गरिबको सपना” नामक सांगीतिक कोसेली भर्खरै बजारमा लिएर आएका छन् । सुरुका दिनमा गायन बिधाबाट यस क्षेत्रमा प्रबेश गरेका उनले अहिले सम्म धेरै गीतहरुमा सारंगी बादकको भूमिका निर्वाह गरिसकेका छन् । अर्थात् उनि सारंगी बादक पनि हुन् । उनि द्वारा स्वर बद्ध उक्त दशैँ गीत जम्मा एक मिनेट ३९ सेकेन्डको रहेको छ ।

यति छोटो गीतबाट पनि पछिल्लो समयमा आएका १० मिनेट भन्दा माथिका गीतको भन्दा पनि गहिरो भाव यस गीतले बोलेको छ । हेमन्त कै लय, स्वर तथा सारंगी बादनले सजिएको  गीतको भावलाई गीतकार तथा संगीतकार शाहस भट्ट ले कोरेका हुन् । “गरिबको सपना” नाममा बजारमा आएको यस गीतको भिडियोलाई खामेश श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन सुरेश दर्पण ले गरेका छन् । यस गीतको अडियो तथा भिडियोको सवाधिकार संगीत सरोबर संग सुरक्षित रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया