राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुली भएका एक प्रतिभावान कलाकार श्याम अधिकारीको प्रस्तुतिमा “आउँदिन दशैँमा” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतको शब्द संगीत र स्वरमा निकै दम भएको कारण यस गीतले छोटो समयमा नै अशंख्य श्रोता दर्शकहरुको मन जित्नेमा ढुक्क रहन सकिन्छ । त्यस माथि पनि बाध्यता र बिवस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा, यो गीत सबैको मनको रोजाई बन्नेमा कतैबाट पनि शंका गर्ने ठाउँ छैन ।

श्याम अधिकारी कै लय, शब्द र सुमधुर स्वर लहरी बाट बुनिएको यस गीतमा आफु हुर्किदा र पढ्दा आमा बुबाले साहु बाट ऋण लिएको र त्यहि ऋण चुक्ता गर्ने उदेस्यका साथ धन कमाउन परदेशिएको वास्तविकता समाबेस गरिएको छ ।

यस गीतको म्युजिक भिडियो पनि सोहि कथामा निकै बलियो ढंगले बनाइएको छ । भिडियोमा रामचन्द्र, रमा र सुबाश को मुटु छुने अभिनय देख्न सकिन्छ । श्याम अधिकारी द्वारा निर्देशित भिडियोलाई छायांकन शोभाकर पोख्रेलले गरेका हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् ।हामी यस गीत संग सम्बन्धित समुप्रना कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया