काठमान्डौँ , साउन २३
पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाकामा अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय गायक जुलिन वराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।
डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा एरेन्ज राजु कार्किले गरेका छन । राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र अमेरिकामा बसेर नेपाली कलाकारितामा सक्रिय रहेका झुलेन बरालको नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया