काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

अस्ति चर्चित गायक शम्भुजित बासकोटा गेष्टको रुपमा उपस्थित भएका छन्। उनले प्रतिस्पर्धीले गाएका गीतमा निकै तारिफ गरेका थिए। हिजोको प्रसारित एपिसोडमा टप ९ प्रतियोगीले आफ्नो प्रस्तुती दिए।ती मध्येबाट एक जना आउट भएका छन् । हिजोको एपिसोडका टप ९ मध्ये पवन गिरी र अस्मिता अधिकारीको यस्तो दमदार प्रस्तुती देखौ । यी दुईले कुनै समय निकै नै चर्चित रहेको गीत चोरी देऊ चोरी देऊ बोलको गीत गाएका छन् । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया