नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन् ।

जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन् । उनकाे स्वरलार्इ जजहरूले निकै नै मन पराएका थिए ।

मेनुकाले अाइतबार भएकाे मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको ‘लुका छुपी’ गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन् । साथै उनले जजहरूबाट स्ट्यान्डिङ अाेभेसन पनि पाएकी थिइन । मेनुकाले अाफ्नाे याे खुसी सबै नेपालीहरूका लागि भएकाे बताएकी छिन् ।

तपाईको प्रतिक्रिया