भाेजपुर,याकु।अरुणकला साहित्य समाज भाेजपुरकाे अायाजनामा नाटक “जन्म भूमि ” प्रर्दशन तथा लाेक दाेहाेरी गायन प्रतियोगिता सम्पन्न भएकाे छ  । उक्त कार्यक्रम अनिस ढकालकाे सभापतित्व तथा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालकाे प्रमुख अातिथ्यमा विश्वप्रेमी माध्यामिक बिद्यालय याकुमा कार्तिक १८ गतेमा सम्पन्न भएकाे हाे , कार्यक्रम दिलकुमारी ढकालकाे सुन्दर तथा कलात्मक उदघाेषणमा सम्पन्न भएको थियाे।

लाेक गीत गायन प्रतियोगितामा सुस्मिता परियार प्रथम,कमला ढकाल दाेश्राे,धर्म ढकाल र काेपिला ढकाल तेस्रो तथा सम्झना अधिकारी र सृजना अधिकारीले सान्त्वना पुरस्कार पाएका थिए। बिजयी प्रतियोगिहरुलाई क्रमश अाठ सय ,छ सय र चार सय र दुई सय प्रदान गरिएको थियाे । उक्त प्रतियोगिता सालिकराम ढकाल ,बबिन्द्र रसाइली र भाेजराज भण्डारीकाे निर्णायक मणडलीमा सम्पन्न भएको  हाे ।

स्थानीय याकु लगायत भाेजपुरकाे सेरोफेरोका समस्या हरुलाइ उठान गरिएको नाटक ” जन्मभूमि ” दिपक ढकालकाे लेखनमा उमेश धिमाल र पुजन अाचार्यकाे निर्देशन गरेका थिए । उक्त नाटकमा दिपक ढकाल, पवित्रा श्रेष्ठ, पुजन आचार्य, कमला थापा, उमेश धिमाल, सन्तोष थापा, भुमिका ढकाल, तिलक थापा, भावना ढकाल, रचिता ढकाल, अस्मिता राई, सुमन आचार्य, लोकेन्द्र ढकाल, तेजेन्द्र थापा र अनिश ढकाल लगायतका कलाकारहरुको अभिनय रहेकाे थियाे ।


कार्यक्रममा नाट्यकर्मी/चलचित्रकर्मी तथा अार.टि.अाई. एड इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष जीवन थापा,पाँच नम्बर वडाध्यक्ष ध्यान बहादुर राई , नाटय तथा चलचित्रकर्मी ज्ञानेन्द्र काेईराला बिशिस्ट अतिथि प्राध्यापक सालिकराम ढकाल,चित्सक भाेजराज भण्डारी ,सामाजिक अभियान्ता बबिन्द्र रसाइली राजनीतिकक्रमी ज्ञानेन्द्र दहाल चलचित्रकर्मी उमेश कार्की लगायत अतिथि हरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया