नेपाली चेली शृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् । मङ्सिर २२ गते शानिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा आएकी खतिवडाले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर उनी भने अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको उत्कृस्ट १० को सूचीमा छनौट भइसकेकी छन् । नृ यसले गर्दा पनि उनले मिस वर्ल्डको उपाधि जित्ने सम्भावना बढ्दै गएको हो ।

२३ वर्षकी शृंखला मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् । राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् । उनको बुवा विरोध खतिवडा नेकपाका नेता हुन् जो मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्य पनि हुन् ्र त्यस्तै उनकी आमा मुनु सिग्देल भने नेकपा मकवानपुर जिल्ला कमिटिको अध्यक्ष हुन् र पदेशसभाकी सदस्य पनि हुन् । ५ फिट ७ इन्च उचाई भएकी उनी मिस नेपाल २०१८ मा २५ प्रतियोगीमध्ये प्रमुख निर्णायकले सोधेको–समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्लाु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस नेपालको ताज जितेकी थिइन् ।

चीनमा उनले अरु देशबाट आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न लगाउने, नेपाली गीत गाउन सिकाउने जस्ता रमाइला कार्य गरेर सामाजिक संजालमा भिडियो सेयर गरिरहेकी छिन् । आफ्नो देश नेपाललाई चिनाउने खालका विभिन्न प्रस्तुतिहरु समेत दिइरहेकी उनले अन्तर्राष्ट्रिय रुपमा समर्थन पाइरहेकी छिन् ्र यसरी सबैको आँखामा परेकी शृंखलाले मिस वर्ल्ड जितेर नेपाललाई विश्वसामू चिनाउने विश्वास गरिएको छ ।

उनलाई भोट गरेर जिताउन जिताउन सकिन्छ । भोट गर्नका लागि पहिले मोबस्टार नामको एप एन्ड्रोइडको लागि गुगल स्टोर र आइओएसको लागि एप स्टोरमा सर्च गरेर डाउनलोड गर्नुपर्ने हुन्छ ्र त्यसपछि एपमा गएर कुनै पनि सामाजिक संजालबाट लग इन गर्नुपर्छ र अंग्रेजीमा शृंखला खतिवडा भनेर सर्च गर्नुपर्छ । अनि फलो बटनमा थिचेर उनलाई फलो गर्नुपर्छ । त्यसपछि देब्रेबाट दाहिनेतिर स्वाईप गर्नुपर्छ जुन गरेपछि भोट मानिन्छ । त्यहाँ सभ्यखालको कमेन्ट पनि गर्नुहोला किनभने कमेन्ट पनि गणना हुन्छ । धेरैभन्दा धेरैले उनलाई भोट गर्नुभयो भने पक्कै पनि उनले मिस वर्ल्डको ताज लगाएर नेपाल फर्किनेछन् ।

तपाईको प्रतिक्रिया