आर पोखरेल , काठमान्डौ , मंसिर ४
नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ”प्रेम रोग ” गीतको भिडियो बजारमा आएको छ ।
प्रेम मा परेका मायालु जोडीको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले माया नगर्दा मायामा पागल बनेकी प्रेमिकाले गीतमा आफनो पिडालाई गीतको माध्यम मार्फत गाएकी छन । जिवनमा आउने पिडालाई गीतमा समेटिएको छ ।
मायालुको यादमा नै अन्तिम सास फेरेको कुरा गायक भुपेन्द्रले गरेका छन । भविन्द्र लम्सालको शब्द तथा भुपेन्द्र जिसीको लय सिर्जनामा गीत तयार गरिएको छ । मुकेश हुमागाइँको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”प्रेम रोग ” गीतमा गीतको भाव अनुसारको सारिका केसी र दिपक केसीको अभिनय रहेको छ ।

“प्रेम रोग” हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया