आफ्नो पहिलो लिरिकिल भिडियो आज राती बाट चर्चा कमाएका गायक नवीन गहतराजको दोस्रो गीत उड्दै छु केही दिन अघि रिलिज भएको छ। झापाको बिर्तामोड स्थायी घर भई हाल अमेरिका रहेका गायक गहतराज नेपाली संगीतलाई मनै देखि माया गर्छ्न। राम्रा गीत संगीत र पृथक सिर्जना बाट श्रोता माझ चिनिन चाहन्छन् । ”उड्दै छु” बोलको यस गीतमा शब्द संगीत र स्वर स्वयम गायक नवीन गहतराजको रहेको छ भने गीतको एरेन्जमेन्ट सनिरले रहेको छ। अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लाकन्द्री र सृष्टि सिंहको अभिनय रहेको छ। जीवन रसाइलीको कयामेरा, सम्पादन, र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो।

तपाईको प्रतिक्रिया