काठमाडौ । गायक उमेश शिवाकोटीले ‘हाम्रै भाग्य’ बोलको गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । सम्झना लामाको शब्द रहेको छ भने म्युजिक एरेन्जर पुरुषोत्तम न्यौपानेको छ । जेशिका इन्टरटेन्टमेन्टको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा अमृत खड्का र यसोदा खड्काले अभिनय गरेका छन् ।

अहिलेका चर्चित क्यामेरामेन जनकराज अधिकारीको छायाकन रहेको छ । म्युजिक भिडियोलाई सोनु कुमारले निर्देशन गरेका छन् । जेशिका इन्टरटेन्टमेन्ट प्रालीले बजार व्यवस्थापन गरेको छ । पछिल्लो समय जेशिका इन्टरटेन्टमेन्ट प्रालीले म्युजिक भिडियो व्यापकरुपमा बजारमा ल्याइरहेको छ ।

तपाईको प्रतिक्रिया