बविना बस्नेत , काठमान्डाँै , माघ १३
गोर्खा जिल्ला आजिरकोट गाउँपालिका वडा न ४ सिरान डाडामा जन्मिएर नेपाली लोक दोहोरी क्षेत्रमा बिगत ३ वर्र्ष देखि अनवरत रूपमा लागि रहेका पछिल्लो पुस्तामा निकै लोकप्रिय गायक हुन । गौत्तम शेर्पा

छोटो समयमा नै सर्वाधिक चर्चाको शिखरमा रहेका गौत्तमको हाल सम्म ३ वटा गित बजारमा आएका छन । शेर्पा को अर्को नयाँ गीत द भ्वाइस अफ नेपालका प्रतिष्पधी दिपेश लामाको पहिलो आधुनिक गीत तिर्सना गीतमा समेत उनको मुख्य भुमिका रहेको छ । आखाँ भित्र पानी को रेकर्डिङ कार्य सम्पन्न भैसकेको छ । सो गीतमा गौत्तम शेर्पाको शब्द तथा लय चर्चित गायक जय देबकोटा रहेको छ। जुन गित को भिडियो पनि चाडै बजारमा ल्याउने गायक शेर्पा बताउछन ।
गायक शेर्पा को शब्द मा आउन लागेको गित हरु कोदाको ढिडो, चोट दियो कर्म हाराले, लगायतका गीतहरु आगामी समयमा बजारमा आउने उनले बताए । हसिलो स्वभाव सबै सङ मिठो बोल्ने अरुलाई सम्मान दिए नै आफ्नो सम्मान हुन्छ भन्ने फराकीलो स्वरका गायक शेर्पा आफनो गायन यात्रमा प्रियसी म्युजिक कम्पनीले सदैव साथ र सहयोग गरेका कारण आजको स्थान सम्म आइपुगेको उनले बताए । झ्याउकिरी, मुनामदन, बिहे गर्ने दिन गीत सर्वाधिक दर्शक तथा स्रोताको नजरमा पर्न सफल गीत रहेका छन । उनी पछिल्लो समय नाट्यस्वर म्युजिक अवार्ड मा नब गायक बाट नोमिनेसनमा समेत परेका छन् । गायक शेर्पा नेपाली कला र गलाको सम्मानमा समर्पित एपिक नेपाल को उपाध्यक्ष समेत समेत रहेका छन ।

तपाईको प्रतिक्रिया