बलिउड अभिनेत्री जुही चावला र आमिर खान करिब सात वर्ष एक अर्कासंग बोलेनन् । उनीहरु बिच एउटा फिल्मको सुटिङको क्रममा भएको विवाद पछि कहिल्यै एउटै फिल्ममा पनि देखिएनन् । फिल्म इश्कको सुटिङ्ग हुँदा आमिर र जु्ही बिच त्यस्तो विवाद भएको हो । त्यस पछि करिब सात वर्ष उनीहरु एक अर्कासंग बोलेनन् ।

फिल्म ‘कयामत से कयामत तक’, ‘हम हे राही प्यार के’, ‘ईश्क’ लगायतका फिल्ममा आमिर र जुहीको जोडी दर्शकले निकै रुचाए । तर आमिर र जुहीले फिल्म ‘इश्क’ पछि भने एकसाथ कुनै पनि फिल्ममा सँगै काम गरेनन् । उनीहरु फिल्म भन्दा बाहिर पनि निकै मिल्ने साथी थिए । अमिरलाई निकै मजाक गर्नुपर्ने मान्छे । फिल्म सुटिङ्गको क्रममै जुहीलाई हात हेरेर भविष्य भन्न सक्छु भनेर सुनाए । जुहीले पनि विश्वास गरिन् । उनले हात अघि के बढाएकी थिइन् अमिरले जुहीको हातमा थुकिदिए । त्यसपछि जुही रिसाइन् । दुवै करीब ६(७ वर्षसम्म बोलेनन् । जुही चावलाले पछि एक अन्तरवार्तामा आमिरसँग के कारणले वर्षौंसम्म बोलिनन् भन्ने कुराको खुलासा गरेकी हुन् ।

यपपछि वर्षौंसम्म जुहीसँग बोलचाल बन्द भयो । तर जब आमिर खान उनकी पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गरिरहेका थिए, त्यस बेला जुहीले अचानक आमिरलाई फोन गरिन् ।

आमिरले उनको फोन उठाउने छैनन् भन्ने जुहीलाई थाहा थियो तर पनि उनले फोन गरिन् । आमिरले पनि जुहीको फोन उठाए । जुहीले फोनबाटै पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गर्न लागेको कुरा सही नभएको भन्दै सम्झाउँदै आफूले आमिरलाई भेट्न चाहेको बताइन् ।

त्यसपछि आमिरले जुहीलाई भेटेका थिए । जुहीले आमिरलाई सम्बन्ध विच्छेद नगर्न भन्दै निकै बेर सम्झाइन् । दुवै जना एकअर्कासँग रहनु नै ठिक रहेको र यो दुवैजनाको लागि सही हुने पनि उनले बताइन् । आमिरले जुहीले आफुलाई त्यसबेला सम्बन्ध विच्छेद नगर्न भनेर मनाउने निकै कोशिश गरेको कुरा कहिल्यै नबिर्सने पनि बताएका छन् ।

आमिर खानले टेलिफिल्म ‘रुबरु रोशनी’ निर्माण गरेका छन् । यस फिल्ममा पनि जिन्दगीका दुखहरुसँग संघर्ष गर्दा गर्दै पनि आफ्नो परिवारजनलाई गुमाएपछि, गल्ती गर्नेलाई कसरी माफ गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ । आमिर खानले मानिस रिसको आवेगमा आएर कसैसँग बोल्नै बन्द गर्नु मुर्खता रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया