राजु बोहरा काठमाडौ माघ १६ । भूत प्रेत सम्बन्धी कुराहरु लिएर एक नेपाली चलचित्र  बन्ने भएको छ । जसको नामकरण “डोरि” लाई लिएर काठमाडौको भद्रकाली मन्दिरमा माघ १५ गतेका दिन शुभ साइत सु सम्पन्न गरियो ।  चलचित्रको निर्देशक तथा निर्माण विजय राज भुर्तेलले  विजय राज भुर्तेलको रहने छ । आत्महत्या गरेका व्यक्तिहरुले प्रयोग गरेका डोरी र त्यसमा रहेको रहस्य जुन जनमानसमा हल्लाको रुपमा रहेको छ , त्यही कुरालाई निर्देशक विजय राजले चलचित्रको कथावस्तु डोरिमा उतार्ने छन्  । जोडदार कमेडी , डर, र मनोरञ्जनले भरिपुर्ण यो चलचित्र बन्ने कुरा पनि निर्देशकले जानकारी गराए ।

चलचित्रको निर्माताका रुपमा प्रीन्स राई, मन्जु कुमारी फुयाल र अमर सिंह धिताल छन भने कथा, निर्देशन तथा निर्माण विजय राज भुर्तेलकै रहने छ । चलचित्रमा सपना खड्का , अस्मित पोखरेल, दिपिका थापा , प्रल्हाद खरेल, न्यान्सी सुब्बा, सबिन देउजा, विजय राज, दिपक अधिकारी ,तेन्जी मोक्तान , रोशन लुइँटेल , दिपेश लामा , मनोज थापा लगायत अन्य कलाकारको भुमिका पनि भूमिका यस चलचित्रमा देख्न पाइने भएको छ । चलचित्रमा सङीत नरेश भुर्तेल, अमृत पोखरेल र सुशील श्रेष्ठले रहने जानकारी प्राप्त भएको छ । राजु किरातको द्वन्द्व रहने उक्त चलचित्रमा दिपक अधिकारिले छायांकन गर्ने भएका छन । हामि यस चलचित्रको सफलताको शुभकामना व्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया