राजु बोहरा–काठमाडौँ । अशंख्य परदेशीहरुको यथार्थतालाई चित्रण गर्दै शिब दर्शन फिल्म्स प्रालिकी संचालिका गायत्री थापाले आफ्नै प्रस्तुतिमा एक गीत भर्खरै बजारमा ल्याएकी छिन् । पुर्सोत्तम न्यौपानेको एकल स्वरमा बजारमा आएको यस गीतमा लय शब्द बिष्णु न्यौपानेले भरेका छन् । आफ्नो घर परिवारको अनेकौं चाहना पुरा गर्ने निकै ठुलो आश बोकेर कयौं नेपालीहरु परदेशिएका हुन्छन । तर परदेश पुगेपछि ति सपना पुरा गर्न नसकेपछि मन अनायासै गलेको भाव यस गीतमा रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा सारिका के.सी राजकुमार कार्की बलबीर कार्की र पम्फा थापाको घत लाग्दो अभिनय देख्न सकिन्छ । सिर्जन बराल द्वारा निर्देशित भिडियोलाई छायांकन प्रविन घिमिरे र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार शिब दर्शन फिल्म्स प्रालि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया