काठमाडौं, २५ माघ । आज प्रेम दिवस सप्ताहको दोस्रो दिन हो, अर्थात् प्रपोज डे । यदि तपाईं आज कसैलाई प्रपोज गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् । नेपाली उखान नै छ ‘हतारमा लतार’ अर्थात् हड्बडीको काम हुन्छ गड्बडी ।

आज हामी तपाईंलाई प्रपोज गर्ने चक्करमा युवाबाट कस्ता गल्ती हुनसक्छन् भन्ने बारे जानकारी दिइएको छ ।

आजकाल मानिसहरु सोसल मिडियामार्फत आफ्नो प्रेम दर्साउने गर्छन् । यस्तो नगर्नुहोस् । यस्तो गर्दा तपाईंले प्रपोज गर्नेबेला तपाईंको पार्टनरको दिमागमा के चलिरहेको छ वा त्यसपछि उनको प्रतिक्रिया कस्तो हुन्छ भन्नेबारे तपाईंले कहिले पनि जान्न पाउनुहुन्नँ ।

धेरैपटक प्रपोजको क्रममा युवाहरु पार्टनरको निकै नजिक हुन खोज्छन्, जुन गल्ती हो । यस्तो गर्नबाट बच्नुहोस् । आफ्नो पार्टनरलाई राम्रोसँग बुझेपछि मात्र मनको कुरा भन्नुहोस् ।

यदि तपाईंको पार्टनर तपाईंको प्रपोजलमा कुनै प्रतिक्रिया दिँदैनन् वा तपाईंलाई अस्विकार गर्छन् भने यो स्वभाविक हो कि तपाईं यसको कारण जान्न चाहनुहुन्छ । यस्तोमा तपाईं निकै सामान्य तरिकाले कारण जान्ने कोसिस गर्नुहोस् ।

तपाईको प्रतिक्रिया