नेपालको पहिलो आध्यात्मिक सांगीतिक ब्यान्ड ”सत्याकृत”ले भोलि आइतबार अष्ट्रेलियामा आफ्नो प्रस्तुती राख्ने भएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा रहेको ‘हाम्रो नेपाली पाठशाला’ले आयोजना गर्ने कार्यक्रममा ”सत्याकृत” ब्यान्डले आफ्नो विशेष प्रस्तुती दिने भएको हो। सरस्वती पुजाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा”सत्याकृत”ब्यान्डलाई विशेष अतिथीको रुपमा आमन्त्रण गरिएको हो ।
अष्ट्रेलियाको समयानुसार भोलि दिउसो २ बजे देखि भर्मन्त साउथ कम्युनिटी हाउसमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको ‘हाम्रो नेपाली पाठशाला’का सेक्रेटरी प्रकाश शाहीले जानकारी दिनुभयो।
”सत्याकृत”ले अष्ट्रेलियाबाट फर्केपछि पोखरेली सांगीतिक पारखीहरुलाई समेत मन्त्रमुग्ध बनाउने भएको छ । यहि फाल्गुन २० गते शिवरात्रीको दिन पोखरास्थित लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री सांङ्गीतिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन गराउने छ। महाशिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको सांङ्गीतिक उत्सवमा नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकारहरुको प्रस्तुति र उपस्थिति समेत रहने जनाइएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवान एच डी टेलिभिजनले गर्ने भएको छ । गत साल पनि महाशिवरात्रीको दिन ”सत्याकृत”ले पोखरामा भब्य सांगीतिक कार्यक्रम गरेको थियो ।

”सत्याकृत”ले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

तपाईको प्रतिक्रिया