एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा वर्ष २०१८ मा सर्च इन्जिन गुगलको अगाडि रहिन् । यसको प्रमुख कारण अमेरिकी गायक तथा अभिनेता निक जोनससँगको विवाह नै हो ।

अहिले प्रियंका हलिउड फिल्ममा अवसर खोज्दै छिन् । हालै उनको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक रु’ रिलिज भयो । फिल्मलाई लिएर एक म्यागजिनले यसका कलाकारसँग कुराकानी गरेको छ । फिल्म प्रमोसनका क्रममा म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा प्रियंकालाई सोधिएको थियो, ‘के उनी हिन्दी हुन् ?’ प्रियंकाले भनेकी छिन्, ‘हिन्दी एक भाषा हो र म हिन्दू हुँ, यो एक धर्म हो, यसमा सानो फरक छ, बस तपाईंले आफूलाई अलि शिक्षित बनाउनुस् ।’ नयाँ पत्रिकामा खबर छ ।

साथै, प्रियंकालाई ‘रानी हो रु’ भनेर सोधिएको सवालमा आफू रानी नै भएको तर दुनियाँले थाहा पाउन आवश्यक नभएको बताइन् । उनले भनेकी छिन्, ‘किनभने, फिल्ममा म आफ्नो पात्रलाई मन पराउँछु, म एक रोल मोडल हुँ ।’

तपाईको प्रतिक्रिया