एजेन्सी – भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा भारतीय सैनिकले ज्यान गुमाइरहेका छन् । काश्मिरको पुल्वामा पाच दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।कश्मीरको पुलवामा गरेको यो आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु निकै आक्रोशित भएका छन् ।अहिले भारतनै आतंकवादी आक्रामणको पीडामा छ । यसैबीच धेरैले अहिले निधन भएकाको परिवारलाई सहयोग गर्न अघि सरेका छन् ।बलिउडका कलाकारहरुले पनि निधन भएकाको परिवारलाई सहयोग गर्न हात अगाडि बढाएका छन् ।

यसैक्रममा केही कलाकारले गोप्य रुपमा सहयोग पनि गरेका छन् ।यस्तै समाचारमा नआएका कलाकारलाई ट्रोल गरेर उनीहरुको राष्ट्रियतामा प्रश्न गर्नेहरु पनि छन् । भारतिय मिडियाका अनुसार यस्तै अभिनेता साहरुख खान पनि यस्तै खालको प्रश्नबाट आजित भएका छन् । उनले पुलवा आक्रामणमा सहिद भएकाहरुको परिवारलाई सहयोग नगरेको भन्दै उनको राष्ट्रियतामा प्रश्न उठाइएको छ ।अहिले अभिनेता साहरुख खानका फ्यानहरु साहरुखको राष्ट्रियतामा प्रश्न उठाएपछि यसको विरुद्ध ट्विटरमा आक्रामक रुपमा अगाडि बढेका छन् । ट्विटरमा उनीहरुले ‘साहरुखविरुद्ध झुटा खबर बन्द गर’ बनाएर ट्विट गरेका छन् । भारतका सर्वाधिक धेरै च्यारेटी गर्ने कलाकारमा साहरुख परेपनि उनले, ठुलो धनराशी च्यारेटीमा खर्च पनि गर्दै आएका छन् । तर, पाकिस्तानसँग जोडिएको घटनामा भने उनको राष्ट्रियता माथि प्रश्न उठ्दै आइरएको छ ।त्यस्तै अहिले काश्मिरको पुल्वामा भएको आक्रमण पछी बलिउड फिल्म उद्योगमा पाकिस्तानी कलाकारहरुलाई पनि प्रतिबन्ध गरिएको छ ।

तपाईको प्रतिक्रिया