द कपिल शर्मा शोका वारेमा पछिल्लो समय धेरै किसिमका समाचारहरु बाहिरीरहेका छन् ।

नवजोत सिंह सिद्धु शो वाट बाहिर हुने समाचार आउनुका साथै सोशल मिडियामा कपिल शर्माको शोलाई नै बाईकट गरीने मसाला अहिले लगातार देखिईरहेका छन् । तर अहिले शोको विषयमा एउटा राम्रो खवर सार्वजनिक भएको छ । सुनिल ग्रोबर जसलाई डक्टर मसहुर गुलाटी , गुथ्थी जस्ता लोकप्रिय भेषमा देखिएका थिए । उनी फेरी शो मा फर्कदै छन् ।

तर उनी कलाकारका रुपमा नभई कार्यक्रममा अतिथिको रुपमा उपस्थीत हुदैछन् । अभिनेता सुनिल ग्रोबर आफ्नो चलचित्र भारतको प्रमोशनका लागी कार्यक्रममा अतिथिको रुपमा आउन सक्ने बताईएको छ । भारतको शुटीङपछि सुनिल र सलमान खान कपिलको शोको एउटा मजेदार एपिशोडमा देखिनेछन् । तर यसका लागी दर्शकहरुले केही पर्खनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया