काठमाण्डौ । चलचित्र फिंगरप्रिन्ट फागुण १० गते देखि देशभर प्रदर्शन हुदैछ । चलचित्रमा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, रमेश बुढाथोकी, सरिता लामिछाने, शंकर आचार्य, रश्मि भट्ट आदि कलाकारको अभिनय रहेको छ । फिंगरप्रिन्टमा नविन निरौलाको लेखन, निर्देशन रहेको छ । चलचित्रका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन ।

औंठा छाप लिनदिनको मामलामा अतिनै भरपर्दो बिधि मानिदै आएपनि अव यो बिधिमा विश्वस्त रहन नसक्ने भएको छ । चलचित्रले यही विषय उठान गरेको निर्माण पक्षको भनाईछ । विज्ञान र प्रबिधिलाई आधार मानेर निर्माण गरिएको संभवत पहिलो चलचित्र मानिएको ‘फ्रिंगर प्रिन्ट’मा अर्जुन पोख्रेलको संगीत, कविराजको नृत्य रहेको छ भने चलचित्र कामना फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया