आफ्ना सुरुवाती दुईआटै फिल्म हिट भएपछि अहिले बलिउड नायिका साराअली खानको चर्चा निकै चुलिएको छ। चलचित्र ‘केदारनाथ र सिम्बा’को सफलतापछि एकाएक स्टारको सूचीमा परेकी उनी मिडियाले पछ्याउन थालेपछि उनी पहिरनमा पनि सजग हुन थालेकी छन्।

बुधबार मुम्बईमा आयोजना भएको ‘फेमिना ब्यूटी अवार्ड’ समारोहमा सारा पिंक पहिरनमा पुगेकि थिइन्। उक्त पहिरनमा उनी निकै बोल्ड पनि देखिएकी छन्। अवार्डमा बलिउडका कलाकारहरु साराअली, विक्की कौशल, तपसी पन्नु, रविना टन्डन, ट्विंकल खन्ना लगायतको उपस्थित थियाे।

तपाईको प्रतिक्रिया