एजेन्सी- बलिउड चलचित्र टोटल धमालले धमकेदार व्यापार गरेको छ। फिल्मलाई दशृकले अत्यन्तै मन पराइदिएका छन् । फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन् ।

चलचित्रले हालसम्म भारु साढे १६ करोड रुपैयाँको कारोबार गरेको छ। चलचित्र टोटल धमाल प्रदर्शन भएको दोस्रो दिन नै फिल्मको कमाई साढे १६ करोड भारु अथवा नेपाली २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो ।

फिल्ममा बलिउडका स्टार अजय देवगनको मुख्य भूमिका रहेको सो चलचित्रमा अनिल कपूर, माधुरी दिक्षित, अरशद वारसी, रितेश देशमुखको प्रमुख भुमिकामा देखिएका छन्।सो चलचित्र निर्माण भन्दा अगाडि सो समुहले २००७ मा पहले धमाल, २०११ मा डबल धमाल निर्माण गरेको थियो ।

तपाईको प्रतिक्रिया