पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवमा निकै भाईरल भएका बालक हुन शिशिर खड्का । प्युठानमा बस्दै आएका २ बर्षीय बालक शिशिर गत असारमा तातो तेलमा परेर निकै दर्दनाक अवस्थामा रहेका छन् । उनको उपचार त भईरहेको छ तर आर्थिक अभाव उत्तिकै छ । उपचारका बावजुद पनि शिशिरको पुरानै स्वरुप फर्कन निकै कठिन छ । सुन्दर छोराको यस्तो रुप हेर्दा कुन बाबा आमाको मन नदुख्ला त्यसमा उनलाई देख्नेहरु पनि नरुने कमै होलान् ।

उनको उपचारका लागि पनि देश बिदेशबाट सहयोग मिलिनै रहेको छ। यसैबीच नाई नभन्नू ल फिल्मबाट बालकलाकारको चर्चामा आएका अनुभव रेग्मी सहयोग रकमसहित शिशिरलाई भेटन पुगे । फिल्मबाट सधै रुवाउन अनुभव तातो तेलले पोलेर आफनो स्वरुप नै गुमाएका शिशिरलाई हेर्दा भने आफै धरधर्ती रोए । सानै उमेर भए पनि मन न हो पीडित बालकलाई देखेर अनुभवले मन थाम्न सकेनन् ।

पीडित बालको सहयोगका लागि जुटिरहेका शिशिर भण्डारीले अनुभवलाई लिएर पीडित बालक कहाँ पुगेका थिए । बिदेशबाट आएको २ लाख ३६ हजार र अनुभवको परिवारबाट ५ हजार ५ सय गरी २ लाख ४१ हजार ५ सय सहयोग बालकको परिवारलाई उपचार खर्चको रुपमा हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया