नेपाली सिनेमा क्षेत्रमा चर्चित प्रेमी जोडी प्रियंका कार्की र आयुषमान देसराज असारमा बिवाह गर्ने तयारीमा रहेका छन् । यही तयारीका बीच उनीहरु आयंका फाउन्डेशन माफर्त सामाजिक सेवा र परोपकारी काममा पनि जुट्ने अभियानमा छन् । आयंका फाउण्डेशन घोषणा गरेसंगै उनीहरुको सामाजिक अभियन्ताको काम पनि सुरु भईसकेको छ । यसबीचमा यो जोडी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई यस अभियानको अभियन्ता बनाउने निर्णय भएको थियो ।

एकवर्षका लागि नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । प्रियंका र आयुष्मानले मन्त्रालयले आफूहरुलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक कामका लागि पहिलेदेखि नै रुची भएको बताउने प्रियंका आयुषमानको आगमनले यसमा थप प्रेरणा मिलेको बताउँछिन् । उनीहरुको फाउन्डेशनले किशोर किशोरीलाई व्यक्तिगत विकास , यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका काम गर्नेछ भने सडकका वेवारिसे घर पालुवा जनावरको व्यवस्थापनका लागि पनि काम गर्नेछ ।

साथै यी दुईले यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्नेछ साथै आयंकाले फाउन्डेशनका लागि आम्दानीको १० प्रतिशत रकम रकम समेत छुट्टयाउँने समेत घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया