फागुन १३ ।
‘द म्यान फ्रम काठमाण्डू’को टोली प्रचार प्रसारका लागि चितवन सम्म आईपुगेको छ । चैत्र १ गते देशभर रिलिज हुन लागेको सिनेमाको टोली चितवन आईपुगेको हो । चलचित्रको टिमले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा चलचित्रलाई प्रर्दशनमा आउन लागेको जानकारी दिएको छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ प्रयोग भएको निर्माता नखिम उद्दिनले जानकारी दिनु भयो । नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उहाँको भनाइ छ ।नेपाली चलचित्रमा यो चलचित्रको नयाँ प्रयोग भएको भएको भन्दै उहाँले अमेरिकामा वस्ने एक नेपाली नेपालमा आएर यहाँको सस्कृतिमा रमाउने विषय समेटिएको बताउनुभयो । मुस्लिम र हिन्दू धर्म बीचको सम्वन्धलाई यस चलचित्रमा देख्न पाईने उहाँले जानकारी दिनुभयो । सिनेमालाई पेमा धोन्डुपले निर्देशन गर्नुभएको छ ।

द्वन्द्व प्रदान चलचित्रमा माया प्रेमलाई पनि समावेश गरिएको छ । अहिले बनिराखेको चलचित्र भन्दा फरक कथा र प्रविधिको प्रयोग भएकाले आफूलाई यसबाट धेरै आशा लागेको नायक कर्माले भन्नु भयो । नकरात्मक भूमिकामा प्रस्तुत हुनु भएका कर्मालाई आना शर्मा नायिकाले साथ दिनु भएको छ । फिल्ममा नेपाली कलाकारहरु मात्र नभई विभिन्न देशका कलाकारहरुलाई पनि समावेश गरिएको छ ।

फिल्ममा अमेरिकी कलाकार जोसे, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, परमिता आरएल राणा, शिशिर बाङ्देल, नीर शाह, आमिर गौतम, कर्म शाक्य लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया