नेपाली सिनेमा क्षेत्रमा महानायकको उपाधी पाएका राजेश हमाल र सदाबहार नायक भुवन केसीबीच कुनै बेला थियो जुन बेला उनीहरुको सम्बन्ध राम्रो थिएन । एकअर्काका कडा प्रतिष्पर्धीसमेत रहेका यी दुई नायकले एकसाथ फिल्ममा काम भने नगरेका होईन्न् । जब यी दुई भेटछन् मजाले बोल्छन् हास्छन् तर पनि राजेश र भुवन दुबैको मनमा कटक्क भने हुन्छ । भुवन राजेशलाई महानायक भन्दा त्यती खुसी हुदैनन् । जसले बढि हिट फिल्म दिएको हुन्छ त्यसैलाई महानायक भन्नु पर्ने भुवनले बताउँदै आएका छन् जबकी राजेशले भुवनले जसरी हिट फिल्म दिएका छैनन् ।

भुवनको यस्तो अभिव्यक्तिमा राजेशले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यी बाहेक भुवनले निर्माण गरेको फिल्म सुपरस्टारका लागि अफर गरेका थिए तर राजेशले काम गर्न मानेनन् । राजेशले नमानेपछि उक्त फिल्ममा दिलिप राइमाझीले काम गरेका थिए । सोहीबाट पनि भुवन राजेशसंग रिसाएको बताईन्छ । यी दुईले फिल्ममा एकसाथ काम भने नगरेका होईनन् । राजु राजा राममा यी दुईले एकसाथ काम गरे तर एकसाथ स्क्रिनमा भने देखिएनन् त्यसपछि चोर सिपाहीमा पनि काम गरे त्यसपछि भने अहिलेसम्म भुवन र राजेशले एकसाथ काम गरेका छैनन् ।

 

बाहिर नदेखिएपनि राजेश र भुवनबीच को हिट र को महानायक भन्नेमा भित्रभित्र असन्तुष्टी देखिएको थियो । तर अहिले भने यी दुबै जना एकअर्कासंग कहिले पनि प्रतिष्पर्धा नगरेको दाबी गर्छन् । मंगलवार वर्षौपछि को बन्छ करोडपतिको सेटमा यी दुई नायकको भेट भयो । क्याप्टेनको प्रमोसनका लागि गएका भुवन र राजेश त्यसपछि मिडियामा निकै खुले । राजेशले भुवनसंग लामो समयपछि भेट भएको भन्दै खुसी व्यक्त गर्दे क्याप्टेनका लागि शुभकामना दिए । राजेश र भुवन दुबैले मिडियासंग कुरा गर्दे आफुहरुबीच कहिले पनि प्रतिष्पर्धा नरहेको बताए ।

एक समय तपाईंहरुबीच प्रतिस्पर्धा थियो नी हैन ? भन्ने पत्रकारको प्रश्नमा राजेशले भने “भुवनजीसँग मेरो केको प्रतिस्पर्धा ? हाम्रो फिल्म क्षेत्र जतिसुकै सानो भए पनि सबैजना अटाउँछौं । यत्रो वर्ष काम गर्दा उहाँ आफ्नै तरिकाले काम गरिरहनु भएको थियो म आफ्नै तरिकाले काम गरिरहेको थिएँ । हामी दुबै आ-आफ्नो ट्रयाकमा खुसी थियौं । हामीबीच कहिल्यै प्रतिस्पर्धा थिएन” । राजेशको कुरामा समर्थन जनाउँदै भुवनले प्रतिष्पर्धी नभई कलाकार मात्र भएको बताए । एक फरक प्रसंगमा भुवनले राजेशलाई अब सन्तान पाउनु पर्ने भन्दै जिस्काए ।

 

उता राजेशले पनि आफुले सक्दो प्रयास गरिरहेको भन्दै हसाए । यी दुई सुपरस्टारको छेउमै बसेरसंगै अन्तरवार्ता दिईरहेका अनमोल भने निकै खुसी र नर्भस देखिन्थे । उनले सिनेमा क्षेत्रमा सिनियर कलाकारसंग एक साथ भेट्दा खुसी लागेको बताए । उनले भने “उहाँहरु फिल्म इन्डस्ट्रीको पिल्लर हुनुहुन्छ । हामीले त वरिपरि बुट्टा भर्ने काम मात्र गरिरहेका छौं । उहाँहरु नभएको भए फिल्म इन्डस्ट्री नै हुँदैन थियो”। अहिलेसम्म अनमोलको फिल्म नहेरेका राजेशलाई भुवन र अनमोलले क्याप्टेनको प्रिमियर शो हेर्न निम्तो पनि दिए । जे होस राजेश र भुवनले आ आफनो दाबी गरिरहदा उनीहरुबीच भएको प्रतिष्पर्धा र मनमुटाव भने लुकेको छैन यस्तोमा उनीहरुको गफ कस्ले पत्याउने ?

तपाईको प्रतिक्रिया