अमृता भण्डारी , काठमान्डौँ , फागुन १८
गीतकार राजेन्द्र पुरीलाई बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट लोकदोहोरी सर्जकको रुपमा को रुपमा अवार्ड जितेका छन । उनी सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल भए ।

“अछुत” बोलको गीतबाट अवार्ड पुरीले प्राप्त गरेका हुन् । उक्त गीतमा गीतकार राजेन्द्र पुरीको शब्द रहेको छ । सोही गितको बोलमा बोष्टर म्युजिक अवार्ड–२०७५ को सर्वोकृष्ट लोकदोहोरी सर्जकको उपाधी जितेका हुन ।
‘अवार्डले सफलताको शुरुआती त दिलाउँछ नै, यसले प्रेरणा मात्र नभएर साङ्गीतिक क्षेत्रमा लागेपछि यसमै भविष्य खोज्न र यसलाई जीवन्त ाख्नसमेत हौसला मिल्छ,’ उनले बताए ।
उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई सम्मानित गरिएको थियो।

तपाईको प्रतिक्रिया