फागुन २२ -धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर १५ मा निर्माण गर्न लागिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि यतिबेला आर्थिक संकलनको कार्य भईरहेको छ । जनस्तरबाट निर्माण हुन लागिरहेको रङ्गशाला निर्माणका लागि देश तथा बिदेशमा आर्थिक सकंलनको कार्य तिब्र रुपमा भईरहेको छ । देशमा नै बहुआयामिक रङ्गशाला बन्ने भएपछि यसमा सबैले साथ र समर्थन दिईरहेका छन् ।

बिषेशगरी धुर्मुस सुन्तली कलाकार भएकै नाताले पनि चलचित्रकर्मी तथा अन्य कलाकारहरुले धुर्मुस सुन्तलीको यस अभियानलाई साथ र समर्थन दिईरहेका छन् । उनीहरुले पनि आर्थिक सहयोग र भावनात्मक साथ दिईरहेका छन् । यसबीचमा यही अभियानमा सुगम संगित तथा गजल गायनमा चर्चित बनेका गायकद्धय सत्य राज आचार्य र स्वरुप राज आचार्य पनि जोडिएका छन् । फाउण्डेशनले बनाउने रङ्गशालाका लागि उनीहरुले गीत उपहार दिएका हुन् ।

सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धी गीत उपहार दिएका हुन् । “युद्धको मैदान” बोलको उक्त गीतमा सत्य-स्वरुप कै शब्द र संगित रहेको छ । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको सो गीतमा निर्माण हुन लागिरहेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएका छन् । यस गीतले पनि रङ्गशाला निर्माणका लागि साथ र सहयोग दिनका लागि थप अभिप्रेरित गर्ने उनीहरुको विश्वास रहेको छ । हेरौँ भिडियो

तपाईको प्रतिक्रिया