काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्टमोडल अफ द इयर २०१९’ नामक सौदर्य प्रतियोगिता गर्ने भएको छ।

मंगलवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै क्रियसले दुई सौदर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी दिएको हो।

मोडलिङ क्षेत्र रोजेर भविश्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए।

उनले प्रतियोगितामा अन्य सौदर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले प्रतिभाको मुल्याङ्कन गर्ने सुनाए। कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अन्य भन्दा यी सौदर्य प्रतियोगिता केही भिन्न रहेकोले आफु जोडिएको बताए।

अन्तराष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने बताए। कार्यक्रममा प्रतियोगिताको आवेदन समेत खुल्ला गरिएको जानकारी दिइयो।

१६ देखि ३० वर्षसम्मका जुनै समुदायका युवायुवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका एसएलसी र न्युनतम ५ फिट उचाही योग्यता तोकिएको छ।

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नु पर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुने र ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’का लागि २२ चैत्रसम्म आवदेन दिनसक्ने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा जानकारी गरेको छ।

आवेदन फर्म एवान क्याफे नयाँबजार, फुलवारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल बिनायक , श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ।

अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, रनवे मोडलिङ, फेसनलगायतका बिभिन्न प्रशिक्षण सहित आगामी जेठ ३ गते होटल मल्लमा आयोजना अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ।

दुवै प्रतियोगिताका शीर्ष विजेता, फष्ट रनर अपर सेकेन्ड रनर अपले सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने कार्यक्रमका संयोजक सहदेव बैद्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया