आर पोखरेल, काठमान्डाँै ।
पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवा- युवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ ।
दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डि आर अटुले बताए ।
आफनो प्रेमीको साहरा नै जिवनको अपार खुशीको क्षण भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा सुस्मा रानाहँमा को शब्द रचना रहेको छ । परदेशी भुमी कोरियामा भएपनी गीत संगीतको मोहको कारणले सो गीतको रचना गरेको उहाँले बताउनुभयो । प्रस्तुत गीतमा डि आर अटुको संगीत , राजु कार्कीको एरेन्ज तथा दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।
‘ तिम्रो नशालु हेराईमा’ हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया