चर्चित एवं वरिष्ठ पत्रकार ऋषि धमला पत्नी एवं नायिका एलिजा गौतमले आफनो जन्मदिनको अवसर पारेर चितवनमा निर्माण हुन लागिरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ का लागि आर्थिक सहयोग गरेकीछिन् । जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दे उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् । उनले रंगशालाका लागि सहयोग गर्न पाउदा खुसी लागेको बताएकीछिन् । आफनै होम प्रडक्सनको फिल्म अनुरागबाट डेब्यु गरेकी एलिजा भन्छिन् “धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्न पाउदा धेरै खुशि लाग्यो । आफुले सकेको जति सहयोग गरे ।

आगामी दिनहरुमा यस्तै सहयोग गर्न पाइयोस् भन्ने आशा छ ।” एलिजाले १ लाख सहयोग गरेपछि ऋषि धमलाले पनि थप २ लाख सहयोग गर्ने घोषणा गरे । यसरी धमला परिवारबाट रंगशालका लागि ३ लाख आर्थिक सहयोग भएको छ । सहयोगको घोषणापछि धमलाले भने” हाम्रो देशमा क्रिकेट रंगशाला छैन । उहाँहरुले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन जसरी पहल गर्नु भएको छ । त्यो एकदमै राम्रो काम हो । यस कार्यमा हामी सबैको साथ सहयोगको आवश्यकता छ । म सबैलाई सहयोग गर्न आग्रह गर्छु ।” एलिजा पुन दोस्रो फिल्ममाफर्त दर्शकमाझ आउने तयारीमा छिन् । डेब्यु हतारमा भएको बताउँदै आएकी एलिजा दोस्रो फिल्मको तयारीका लागि विभिन्न क्लासहरु लिईरहेकीछिन् ।

तपाईको प्रतिक्रिया