भारतकै चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले नेपालको नाम चम्काईरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले आफनो उत्कृष्ट प्रर्दशन गरेका थिए भने आज प्रसारण भएको एपिसोडमा सिन्धुपाल्चोकका आयुष केसीले आफनो प्रस्तुती दिएका छन् । अघिल्लो एपिसोडमा बटम फोरमा परेका उनी आउट हुनबाट बचे तर आजको एसिपोडमा भने आयुषले यति उत्कृष्ट प्रर्दशन गरेकी जजहरुले स्ट्याण्टिङ ओभिएसन नै दिए । उनले सुल्तान फिल्मको गीत “जग घुमेया” बोलको गीत गाएका थिए ।

उनले जुरीबाट सय प्रतिशत नम्बर ल्याएर चार्ट बस्टर पफर्मेन्स दिए । शोमा अगाडी बढिरहन जुरीले दिएको नम्बरले निकै महत्व राख्छ । आयुषको प्रस्तुतीमा जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले उच्च प्रशंसा गरे भने अतिथीको रुपमा आएका चर्चित गायक मोहित चौहानले आयुषको स्वरमा सफ्टनेस , मेलोनेस भएको भन्दै आयुषले निकै उत्कृष्ट प्रर्दशन गरेको प्रतिक्रिया दिए ।

उनले नेपालको प्रतिनिधित्व गर्दे भादगाउँले टोपी लगाएर भारतीय च्यानलमा उत्कृष्ट प्रर्दशन गर्दा सबै नेपालीहरुको मन जितिरहेका छन् भने आफनो आवाजबाट भारतीयहरुको पनि मन जितिरहेका छन् । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य हुन् ।

तपाईको प्रतिक्रिया