नेपाली सिने नगरीमा युट्युब ट्रेन्डिङलाई निक्कै महत्त्व दिइने गरिन्छ । ट्रेन्डिङ भनेको युट्युबमा सम्बन्धित देशबाट सर्वाधिक हेरिएको भिडियो भन्ने बुझिन्छ । यसैले पनि फिल्मका लागि महत्त्वपूर्ण मानिन्छ । ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सकियो भने झनै चर्चा हुन्छ । यस्तैमा फिल्म ‘ए मेरो हजुर ३’ लाई ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न निक्कै हम्मे हम्मे परेको छ ।

फिल्मको ट्रेलर युट्युबमा सार्बजनिकको ५ दिन बितिसक्दा पनि ट्रेन्डिङ १ मा पुग्न निक्कै कसरत गर्नुपर्यो । हिजो मंगलबार १९ गते साझको समयमा ट्रेन्डिङ १ मा पुगेको फिल्मको ट्रेलर २० गते बिहान नहुदै ओरालो लागेको छ । हामिले यो समाचार तयार गर्दासम्म ट्रेलर युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानबाट झरेर छैटौं स्थानमा पुगेको छ । यद्यपि यो फेरि माथी नआउला भन्न सकिन्न ।

‘ए मेरो हजुर ३’ ट्रेलरको लागि पहिलो स्थानमा बस्नको लागि बाधक भनेको नायक आयुष्मान देशराज र प्रीयंका कार्की देखिन्छ । यी २ अभिनित म्युजिक भिडियो ‘अर्को जुनि’ बिगत केही दिनदेखी ट्रेन्डिङको पहिलो नम्बरमा जरा गाडेर बसेको छ । रियल लाईफमै बिवाहको तयारी गरिरहेका आयुष्मान र प्रीयंकाले यो भिडियोमा पनि बिवाह गरेका छन् । त्यसैले पनि दर्शकहरूलाई निक्कै चासो बढेकोले १ नम्बरबाट ओरालो झर्न नसकेको बुझ्न सकिन्छ ।

चैत २९ गतेबाट सार्बजनिक प्रदर्शन हुने फिल्म ए मेरो हजुर ३ को मुख्य भुमिकामा अनमोल केसि संगै सुहाना थापा छिन भने अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रियर राई र सरोज खनाल पनि मुख्य भुमिकामा छन् । झरना थापा फिल्मकी निर्देशक हुन् । सुहानाले यहि फिल्मबाट नेपाली सिने उधोगमा नायिकाको भुमिकामा डेब्यु गर्दैछिन् । फिल्मलाई निर्देशक झरना थापा र सुमन पौडेलले मिलेर लेखेका हुन् । सुहाना ईन्टरटेन्मेण्टको ब्यानरमा सुनिल कुमार थापाले फिल्म ‘ए मेरो हजुर ३’ लाई निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया