आर पोखरेल, काठमान्डाँै ।

झझल्को म्युजिक प्रालीको प्रस्तुतिमा कालिका रोक्का मगरको निकै मार्मिक लोकदोहोरी गीत ‘ फेसबुक च्याट ’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक भरत भटट् र गायिका कालिका रोक्का मगरको आवाजमा मार्मिक गीत तयार गरिएको छ ।
दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई मन छुने प्रस्तुतीका साथमा गीत ल्याएको गायिका कालिका ले बताइन । आफनो प्रेमीको साहरामा जिवनमा खुशी हुने अपेक्षा गरिएको भएपनी विभिन्न कारणबाट विछोडिएका प्रेमी प्रेमिको बास्तविक भोगाईलाई समेटेर गीतको तयार गरिएको कालिका रोक्का मगरले बताइन । गीतमा कालिका कै शब्द तथा लय सिर्जना रहेको छ ।
मरुभुमि नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ‘ फेसबुक च्याट ’ गीतको भिडियोमा सञ्चिता शाही , मायालु दिनेश र सुमन परियारको निकै लोभ लाग्दो अभिनय रहेको छ ।
‘ फेसबुक च्याट ’ हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया