यतिबेला भारतीय च्यानलमा नेपालका २ बालकहरुले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् सिन्धुपाल्चोकका आयुष केसी र इटहरीका प्रितम आचार्य । यतिबेला यी दुईले भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा आफनो गायिकीबाट नेपालीको मात्र नभई भारतीयहरुको समेत मन जितिरहेका छन् । आज प्रसारण भएका कार्यक्रममा आयुष केसीले आफनो प्रस्तुती दिएका छन् । चर्चित गायक किशोर कुमार स्पेशल कार्यक्रममा उनले आज किशोर कुमारकै आवाजमा रहेको “लेना होगा जनम हेमे” बोलको गीत गाएका थिए ।

मेलोडी गायनमा निकै पोख्त रहेका आयुषले आफनो प्रस्तुतीले सारेगमपको मञ्च नै रंगाएका छन् । उनको गायिकीमा जुरी तथा जजहरु मन्त्रमुग्ध रहेका थिए । उनलाई जुरीले सयमा सय प्रतिशत नै नम्बर दिए दिए जसको कारण उनको भागमा फेरी पनि चार्ट बस्टर पफर्मेन्स परेका छ । उता आयुषको गायनमा अतिथीको रुपमा उपस्थित भएका किशोर कुमारका छोरा अमित कुमारले आयुषको गायनलाई उच्च प्रशंसा गरे । जब आयुषले आफनो बाबुको गीत गाईरहेका थिए तब उनले बीच बीचमै उनले दिएको एक्सप्रेसनले पनि बुझन सकिन्छ की आयुषको गायिकीमा उनी कति सन्तुष्ट थिए ।

आयुषले जुरीबाट पाएको सय प्रतिशत नम्बरले उनलाई आगामी यात्राका लागि मद्धत गर्नेछ । उनले नेपालको प्रतिनिधित्व गर्दे भादगाउँले टोपी लगाएर भारतीय च्यानलमा उत्कृष्ट प्रर्दशन गर्दा सबै नेपालीहरुको मन जितिरहेका छन् भने आफनो आवाजबाट भारतीयहरुको पनि मन जितिरहेका छन् । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य हुन् ।

तपाईको प्रतिक्रिया