गायक आशिष राना ‘लाहुरे’ र समीर घिसिङ ‘भिटेन’ मोरंगको पथरी आउने भएका छन् । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापा र स्थानिय ब्यान्डकोसमेत प्रस्तुति रहन संयोजक अनुप योञ्जनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्ग बियरले गर्ने भएको छ । सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको पिस ल्याम्प इन्टरनेशनलले यश कार्यक्रमबाट संकलन भएको रकमको केही प्रतिशत नेपाल मगर संघको भवन निर्माण , तामाङ्ग घेदुङको सांस्कृतिक भवन निर्माण, अलाइभ फाउन्डेसनको गतिविधिमा सहयोग र सुनाखरी युवा क्लबको सामाजिक गतिविधिमा सहयोग गरिने कार्यक्रम संयोजक योञ्जनले बताए ।

तपाईको प्रतिक्रिया