नेपाली सिनेमा क्षेत्रमा महानायकको उपाधी पाएका राजेश हमाल कुनै समय थियो उनको पोस्टरले मात्र पनि फिल्म चल्थ्यो। तर अहिले उनै महानायक पर्दाबाट करिब २ बर्षदेखि टाढै रहेका छन् । पछिल्लो पटक उनले निकै आसा गरेको फिल्म सकुन्तला र बाग्मती असफल भएपछि उनले पर्दामा पुन आउने मन गरेका थिएन । उनका सहोदरले फिल्म निर्माण र निर्देशन गरिरहदा उनी भने देशबिदेशका कार्यक्रमहरुमा नै व्यस्त थिए । हुन त त्यसबीचमा उनी दिनेश श्रेष्ठको फिल्ममा पनि अनुबन्धित भएका थिए भने फिल्म निर्देशन गर्ने कुरा पनि आएको थियो तर त्यसको अहिले कुनै अत्तोपत्तो छैन ।

उनले आफुलाई फिल्महरुको अफर आईरहेको भए तापनि आफुलाई चित्त बुझदो भुमिका नपाएको बताएका थिए । हुन त यसअघि उनी प्रेम गीत ३ मा अनुबन्धित भएको समेत खबर थियो तर फिल्ममा उनी प्रदिप खड्काको बुवाको भुमिकामा काम गर्नु पर्ने भएकोले स्क्रिप्ट मन परे पनि त्यसमा काम गर्ने की नगर्ने भन्ने द्धविधामा महानायक रहेका छन् । यसबीचमा उनले सामाजिक सञ्जालमा केही तस्बिरहरु पोस्ट गर्दे फिल्म खेल्ने इच्क्षा प्रकट गरेका छन् । उनले लेखेका छन् “अब फिल्म खेल्नु पर्ला” । यदि उनले मनसाय नै बनाएका हुन भने महानायकको कमव्याकले आम दर्शकहरु खुसी हुनेछन् ।

तपाईको प्रतिक्रिया