भोली देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो’ आयोजनाको अन्तिम तयारी गरिएको छ । एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्टले आयोजना गर्न लागेको यस एक्स्पोमा स्वदेशी र विदेशी सहभागीहरु थपिने क्रम जारी रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।
आयोजक कम्पनीका कार्यकारी निर्देशक डम्बर शाहले मिडिया र यससँग सम्वन्धित् उद्योगहरुको विकासका लागि पहिलो पटक यस किसिमको मेला गर्न लागिएको बताए । उनले मेलासँगै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन पनि आयोजना हुने बताए । सम्मेलनमा ४५ भन्दा बढी मिडिया बिज्ञहरु, सरोकारवालाहरु, मिडिया लगानीकर्ताहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने जनाइएको छ । यस सम्मेलनमा देश तथा विदेशबाट चार सय ५० भन्दा बढी सहभागी हुने शाहले बताए ।साथै मिडिया हाउसको व्यवस्थापन पाटोलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्ने बारे देश तथा विदेशी मिडिया विज्ञहरुसँग कन्फरेन्स सञ्चालन गरिने उनले बताए ।
विद्यार्थीले ५ सय र अन्य लगानीकर्ता, मिडियाकर्मी लगाययतले १ हजार रुपैयाँ तिरेर एक्स्पोमा सहभागी हुन्आ सक्ने आयोजकले जानकरी दिएको छ ।

 

तपाईको प्रतिक्रिया