चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ ।

छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । नेपाली लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस गित अहिले सर्बाधिक चर्चामा रहेको छ ।

नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् । लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया