Wave events USA को आयोजनामा हुन लागेको ” न्यु इयर नाईट २०७६” यसै महिनाको १३ तारिख April 13, शनिबार नर्थ क्यारोलिना राज्यको चार्लोट सहरमा हुन गैरहेको छ।

ख्यातिप्राप्त गायक तथा गिटारिस्ट फिरोज स्याङ्देन ( पुर्व 1974 AD का गायक/ गिटारिस्ट ) ले आफ्नो लोकप्रीय गीतहरु मार्फत दर्शकहरुलाई नचाउने छन भने स्थानीय साङ्गीतिक समूहका साथै गायक सुदन गैरेले पनि आफ्नो प्रस्तुति दिनेछन। स्थानीय डिजे बिश्व के ले कार्यक्रमको अन्तिममा डिजे सेसन गर्ने कार्यक्रम रहेको छ।

नेपाली संस्कृति र नेपाली संगीत लाई प्रोत्साहन र सम्भार गर्ने हेतुले नेपाली नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना हुन लागेको यस कार्यक्रममा नर्थ क्यारोलिना को विभिन्न सहर बाट नेपाली भाषीहरुको उपस्थिति रहने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया