काठमाडौं। बैशाख २० मा आउने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ ।

कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा फिल्म आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया